काठमाडौ । बागमती प्रदेश सभाको आइतवार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज सोमवार बिहान ११ बजे बस्दैछ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतवार साँझ बस्ने भनिएको बैठक सोमवारका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्ता गरी सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको र बैठक नियमित रूपमा सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै