१६ वर्षीया किशोरीलाई यौन सम्पर्क गरेको आरोपमा युवकविरुद्ध बलात्कारको उजुरी

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, ०७ : ३३
१६ वर्षीया किशोरीलाई यौन सम्पर्क गरेको आरोपमा युवकविरुद्ध बलात्कारको उजुरी

काठमाडौ । सिरहामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवकविरुद्ध प्रहरीमा उजुरी परेको छ

कल्याणपुर नगरपालिका-४ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका विश्वबन्धु यादवविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय (मिर्चैया) मा आइतबार उजुरी दिएका हुन्। 

यही असार ६ गते यादवले किशोरीलाई ललाइफकाइ यौन सम्पर्क गरेको आरोप किशोरीका अभिभावकले लगाएका छन्।

१८ वर्षमुनिका किशोरीसँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिने कानुनी व्यवस्था छ। 

प्रादेशिक अस्पताल सिरहामा किशोरीको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। 

आफूविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेपछि आरोपित युवक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस