काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
यसैगरी, बैठकमा बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।
साथै, शिक्षा मन्त्री अशोककुमार राईले बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिद्यालय बिधेयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो बिद्येयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची