काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गरेका छन् । स्वार्थ भएका साथीहरू पनि यसो चिहाउँदै चाहिँ हुनुहुन्छ । त्यो पनि नदेखेको होइन पार्टीले देखेको छ । तर, चिन्ता मान्नु पर्दैन । हिजो माओवादी जस्तो, कांग्रेस एमाले जस्तो हुनेभयो । अब जो पनि छिर्ने भए पार्टीले भोट बढाउँने भन्दा घटाउने चर्चा छ । तर, पार्टीको ढोका सबैलाई खुला छ। तर, इमान बोकेर आउनेकाहरूलाई मात्रै हो ।’
अहिले ठूला दलहरु सत्ता जोगाउनका लागि गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेको आरोप लगाए । उनले भने, ‘यो गठबन्धन जनता जोगाउनको लागि बनेको होइन । त्यही देखेर वाक्कदिक्क भएर जनताले घण्टी बजाउन थालेका हुन् । जे आशाको साथ जनताले भोट दिएका छन् त्यसमा कुठाराघात गर्नको लागि एउटा स्वार्थ जोडिएको मान्छे जोडिनेबित्तिकै सबै यात्रा बिटुलो हुन्छ । हाम्रो यात्रालाई बिटुलो पार्नेलाई पार्टीभन्दा बाहिर राखेर भोटमात्रै बनाउनुहोला । ०८४ सम्म हामीले कुनै पनि खराब मान्छे, पैसोको बिटो बोकेको मान्छे टाढा राख्नैपर्छ । कुनै किसिमको दुर्गन्ध भएको मान्छेलाई बाहिर राख्नुपर्छ ।’
चुनाव हारेपनि राजनीति हार्ने छुट आफूहरूलाई नभएको रविको भनाइ थियो । उनले राजनीतिको फोहोर सफा गर्न सकिने भन्दै आफ्नो पार्टीको २१ सांसदले संसदको गौरव बढाएको जिकिर गरे ।
उनले भने, ‘हामीले १ जनाबाट सुरू गरेका थियौं । अहिले संसदमा २१ जना छौं । ०८४ को निर्वाचनमा दुईतिहाइ हुनेछ । हामी इमान्दारितका साथ बढ्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि