काठमाडौ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको बताएका छन।
आइतबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरु भएको बताए ।
उनले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरु संलग्न रहेका पनि बताए । मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले बताए ।
प्रमुख सचेतक गिरीले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभइ झुक्याउनका लागि ल्याएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसन ०८४ का लागि ओलीकै नेतृत्व आवश्यक: पदम गिरी
पदम गिरीको आरोप-‘सरकारले गरेका कामलाई चुनौती दिन नसकेर जनतामा भ्रम फैलाउन खोजियो’
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी
बाउन्स चेकको भुक्तानीमा १० प्रतिशत ब्याज लाग्ने प्रस्ताव