प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता, सरकारमा जान जनमत सकारात्मक

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, ११ : ३८
प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता, सरकारमा जान जनमत सकारात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । नेताहरुका अनुसार भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो ।

‘प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो । अध्यक्ष राउतले आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस