काठमाडौं।इलाका प्रहरी कार्यालय ढोडरी बर्दियाको हिरासतबाट फरार भएका दुई जना पक्राउ परेका छन् ।बर्दियाको मधुवन नगरपालिका–५ का २० वर्षका राजा नेपाली र १९ वर्षका अजय नेपालीलाई प्रहरीले शनिवार फेरि पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगको मुद्दामा असार ८ गते पक्राउ परेका उनीहरू शुक्रवार बिहान हिरासतबाट भागेका थिए ।मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
उनीहरूलाई प्रहरी उपरीक्षक सुधिरराज शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले जंगलबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ