काठमाडौं।इलाका प्रहरी कार्यालय ढोडरी बर्दियाको हिरासतबाट फरार भएका दुई जना पक्राउ परेका छन् ।बर्दियाको मधुवन नगरपालिका–५ का २० वर्षका राजा नेपाली र १९ वर्षका अजय नेपालीलाई प्रहरीले शनिवार फेरि पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगको मुद्दामा असार ८ गते पक्राउ परेका उनीहरू शुक्रवार बिहान हिरासतबाट भागेका थिए ।मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
उनीहरूलाई प्रहरी उपरीक्षक सुधिरराज शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले जंगलबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ