काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने बताए ।
महामन्त्री थापाले भने– आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ । सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।
महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने बताए । महामन्त्री थापाले कांग्रेस र कांग्रेसका युवाहरू यति धेरै आत्तिएको अवस्था इतिहासमा कहिल्यै नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा