काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने बताए ।
महामन्त्री थापाले भने– आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ । सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।
महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने बताए । महामन्त्री थापाले कांग्रेस र कांग्रेसका युवाहरू यति धेरै आत्तिएको अवस्था इतिहासमा कहिल्यै नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा