काठमाडौ । देशभर मौसम बदली र वर्षा हुने क्रम जारी छ। अहिले (शनिबार बिहान) पनि सबै प्रदेशमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
‘अहिले लुम्बिनी र गण्डकीमा धेरै वर्षा भइरहेको छ’, महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘देशका बाँकी प्रदेशका पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।’
उनका अनुसार बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको भए पनि यसअन्तर्गत यतिबेला काठमाडौं उपत्यकामा भने पानी परेको छैन। ‘तर मौसम पूर्णतया बदली (आकाशभरि बादल) छ’, उनले भनिन्, ‘उपत्यकामा तत्कालै वर्षाको सम्भावना नदेखिए पनि दिउँसोसम्ममा वर्षा हुन्छ।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो तथा राति देशभर वर्षा हुने सम्भावना छ। केही प्रदेशमा भारी वर्षा हुने सम्भावना छ भने तराईमा हावाहुरीसमेत आउने सम्भावना छ।
बुलेटिनअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता