लापसे गर्ने चार सवारी चालक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, २० : ३५
लापसे गर्ने चार सवारी चालक पक्राउ

काठमाडौं । लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१-००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३-०१-०२३ च १४ १२ नम्बरको पिकअप चालक काठमाडौं महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् ।  

नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस