मकवानपुर । काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित वाग्मतीको पुलनजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ वाग्मती पुलनजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
यता, हेटौँडाबाट काठमाडौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिंगन प्रहरीले रोकेको छ ।
चितवनको मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
यसैगरी, पश्चिमबाट आएका सवारीसाधन हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक