काठमाडौँ । देशका विभिन्न स्थानमा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित सडकमा क.प्र.०२-००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको छ । मंगलबार राति उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बाँकेको बैजनाथ गाउँपालिका-५ दल्लिपुरस्थित सडकमा भे.१ त ९५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २४ वर्षीय शिव कुमार यादवको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका-६ बद्रौवरस्थित सडकमा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल र युपि ५५ वाई २११३ नम्बरको मोटरसाइकल बुधबार राति एकआपमा ठक्कर खाई दुर्घटना हुँदा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल चालक बिजयनगर गाउँपालिका-२ मधवानगर बस्ने २७ वर्षीय गिरीजा बाबु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते