बरु मध्यावधिमा जान सकिन्छ, मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं : उद्धव थापा

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, १४ : ४५
बरु मध्यावधिमा जान सकिन्छ, मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस कोशी  प्रदेश संसदीय दलका नेता उद्धव  थापाले  मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने बताएका छन् ।उनले बरु आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने उनले प्रतिक्रिया दिए ।

प्रदेशसभा सचिवालयमा संचारकर्मीसँग कुरा गर्दै उनले अहिलेको  सरकारलाई विश्वासको मत भने नदिने बताए ।मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक भएको बताउदै उनले त्यसको जवाफ संसदबाटै दिने पनि बताए । थापाले कोशी प्रदेशसभाको विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस