इसेवा मनी ट्रान्सफरद्वारा कुवेतमा सेवा विस्तार, ११८ शाखाहरूबाट नेपालमा पैसा पठाउन सकिने

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, १२ : ४६
इसेवा मनी ट्रान्सफरद्वारा कुवेतमा सेवा विस्तार, ११८ शाखाहरूबाट नेपालमा पैसा पठाउन सकिने

काठमाडौँ। इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूले महाबुला, फर्वानिया, फहाहिललगायत शहरमा रहेका ११८ वटा शाखाहरूबाट इसेवा मनी ट्रान्सफरमार्फत रकम नेपाल पठाउन सक्नेछन् ।

ती शाखाहरूबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यम इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा वा इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सकिने इसेवाले जनाएको छ ।

त्यस्तो रकम नेपालभरि रहेका इसेवा मनी ट्रान्सफरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ ।पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनससमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा उत्साहित भएको बताए ।

‘कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरूको बसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ’ उनले भने ।

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन् । जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई सबैभन्दा भरपर्दो, सस्तो र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस