काठमाडाैं। नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोन पे’ र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’बीच फोनपे क्यू–आर भुक्तानी नेटवर्कमा आबद्धताका लागि सम्झौता भएको छ ।
फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।कार्यक्रममा फोन पे र नमस्ते पेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सम्झौतासँगै नमस्ते पेका प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोन पे मर्चेन्टहरूमा फोन पेको नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यू–आर भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतामा हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नमस्तेपेलाई फोनपेको नेटवर्कमा आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी लागेको बताए ।
‘अब नमस्ते पे प्रयोगकर्ताहरूले फोनपे क्यू–आरमार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौं कि नमस्ते पेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ’ उनले भने, ‘प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी हत्वपूर्ण रहेको छ । नमस्तेपेसँगको साझेदारीले, हाम्रा ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ ।’
त्यसैगरी सम्झौतापछि नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले १२ लाखभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा निकै उत्साहित भएको बताएका थिए । ‘हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधैं प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १२ : ०५
लेखकबाट थप