काठमाडौं । साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।
अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य एकजनाको पनि मृत्यु भएको समाचार संस्था अलजजिराले छ ।
बुधबार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएर गोली चलाउँदा उक्त घटना भएको समाचारमा उल्लेख छ । सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनले गोली चलाएका थिए ।
मृत्यु हुने नेपाली सुरक्षा गार्ड रहेको तर पहिचान भइनसकेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु