ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न सिटिजन्स बैंकको सहयोग

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १६ : ०४
ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न सिटिजन्स बैंकको सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  नेपालगन्जको धम्बोजीस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूको समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न लागि सो क्लब निर्माण गरिएको हो ।

एक कार्यक्रमबीच बैंकले एक लाख एक हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस