बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई जसपाको ह्विप

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १४ : २०
बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई जसपाको ह्विप

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । सो दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा आज (बुधबार) बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

प्रमुख सचेतक यादवले भने,‘आज बसेको हाम्रो पार्टीको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८०÷०८१ को बजेट सर्वसम्मत्ले पास गर्ने निर्णय भएअनुसार सबै माननीयहरुलाई ह्वीप जारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस