ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १४ : ०४
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी

काठमाडौं।बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज (बुधवार) पत्रकार सम्मेलन गरी सो प्रकरणमा मंगलवार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

 

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजङ्ग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस