काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको बताएका छन्।प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून ठुलोसानो सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको दाबी गरे।
उनले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानूनभन्दामाथि हुन्छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ पनि सुरु भएको छ। यो प्रक्रिया यतिमा रोकिने छैन म सबैलाई यहाँबाट जानकारी गराउँनेछु।’
हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको उनको भनाइ छ। उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा हिजोबाट पक्राउ पर्न थापेको बताए। मिटरब्याजीहरुलाई पनि कारवाही प्रक्रिया अघि बढेको बताए। विकृत्तिको अन्त्य गर्न सदन र जनताको साथ आफूलाई चाहिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड