काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा आफ्नो सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनताको निराशा कम भएको बताए ।
‘मैले सरकारको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु’, उनले भने, ‘मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ ।’
हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको र यसले जनतामा विश्वास जाग्न सुरु भएको उनले बताए । प्रचण्डले अघि भने, ‘नक्कली भुटानी शरर्णाी प्रकरणबाट सरकारले कानुनको सर्वोच्चता मात्र स्थापित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १२ : १४
लेखकबाट थप