पुनः नामकरण संघर्ष समिति र सरकारबीचको वार्ता स्थगित

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, ११ : १८
पुनः नामकरण संघर्ष समिति र सरकारबीचको वार्ता स्थगित

विराटनगर ।  प्रदेश १ पुनः नामकरण संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएसँगै आजको लागि तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो ।

एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो ।वार्ता स्थगन नगरिएको तर वार्ताको नाममा प्रदेश सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो बताउँछिन् । 

प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बलाएको थियो । यता, कोशी  प्रदेश सरकारका वार्ता  टोलीका  संयोजक  तथा खानेपानी सिञ्चाइ तथा उर्जा  मन्त्री तीलकुमार मेन्याङ्बोले  वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले नभ्याउने भएपछि वार्ता स्थगित भएको बताए ।

प्रतिक्रिया दिनुहोस