प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिव ल्याक्रोइक्सबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, ११ : ०३
प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिव ल्याक्रोइक्सबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधवार बिहान प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलवार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस