काठमाडाैँ । न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक बुधबार बस्दैछ।
सोमबार न्यायाधीश नियुक्तिबारे छ्लफल भए पनि बैठक बिना निष्कर्ष बैठक सकिएकाे थियाे। आजकाे बैठकमा न्यायाधीश नियुक्ति हुन सक्ने सम्भावना छ।
बैठक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्न लागेकाे हाे।
उच्च अदालतमा रिक्त ४६ र सर्वोच्चमा रिक्तमा ६ जना न्यायाधीश नियुक्तिका लागि न्यायापरिषदले सोमबार छलफल गरेको थियो। पहिलो चरणमा उच्चमा २७ र सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिको तयारी गरिएकाे छ।
जिल्ला न्यायाधीशहरुले आफूहरूलाई बढुवामा प्राथामिकता दिनुपर्ने माग गर्दै आएका छन्। कानुन व्यवसायीलाई बढी स्थान दिँदा जिल्ला न्यायाधीशको वृत्तिविकासमा असर परेको उनीहरूकाे गुनासो छ।
यता, नेपाल बार एसाेसिएसनले न्यायाधीशको नियुक्ति गर्दा कानुन व्यवसायीहरूलाई सम्मानजनक स्थान दिन न्याय परिषद्को ध्यानाकर्षण गराएको छ।
बारले मंगलबार न्याय परिषद्लाई पत्र लेख्दै कानुन व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा न्यायाधीश नियुक्त गर्न ध्यानाकर्षण गराएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश