काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ ।
बुधवारको को बैठकमा बिनियोजन बिधेयक माथीको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन (बजेट) बिधेयक २०८० माथी उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपराष्टपतिकोे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथी जवाफ दिने कार्यक्रम रहेको छ ।
मंगलबारको बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै