काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। पार्टीले प्रत्येक सांसदलाई बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।
मंगलबार नै माओवादी मुख्य सचेत हितराज पाण्डेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार ह्विप जारी गरिएको बताएका छन्।
‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ ह्विप पत्रमा भनिएको छ।
यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै