काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको छः मन्त्री यादव

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, २० : ०९
काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्केबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताएका छन।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री यादवले याङ्ग्री र लार्के छिटोभन्दा छिटो शुरु गर्ने मन्त्रालयको योजना रहेको बताए । उनले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी काम अगाडी बढीरहेको भन्दै यसो हुँदा काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानीको उपलब्धता हुने बताए ।

उनले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा अध्यययन भइरहेको बताए। उनले मेलम्ची खानेपानी नयाँ वितरण लाइनबाट वितरण गर्ने लक्ष्य राखिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस