जनकपुरधाम । मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश सरकार परिवर्तनको अहिले कुनै सम्भावना नरहेको बताएका छन् । पछिल्लो समय कांग्रेस र एमालेले अर्को सरकारको बारेमा अभ्यास गरिरहेको भन्दै भ्रम फिजाइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।
‘मधेशमा अर्को सरकार गठनबारे हाम्रो पार्टीभित्र र गठबन्धनमा कुनै छलफल भएको छैन । तर, अफवाह फैलिंदा सरकारको गरिमा घटेको छ’, एमाले संसदीय दलका नेता समेत रहका उनले भने, ‘अहिले यही सरकारले निरन्तरता पाउँछ । नयाँ सरकार गठनको कुनै प्रयास भएको छैन ।’
मधेशमा पछिल्लो समय जनमत नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेको बेला मन्त्री यादवले सो कुरा प्रष्ट पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै समुदाय विकासबाट पछि नपरोस् भन्ने उद्देश्य छ : मन्त्री यादव
सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ छ : मन्त्री यादव
देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
खानेपानी तथा ढल व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री यादव
देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव