बलात्कार आराेपमा एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ११ असार २०८०, १५ : २३
बलात्कार आराेपमा एकजना पक्राउ

मोरङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ  । 

बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस