काठमाडौं । चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका हुन् ।
दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको जानकारी दिँदै उनले उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे ।
सोही क्रममा जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको राहत नामको मात्रै भएको भन्दै उनले यसलाई बढाएर १० लाख रुपैयाँ दिनुपर्ने माग गरे । साथै दैवीय प्रकोपबाट जनताले ज्यान गुमाउने अवस्थाको अन्त्याका लागि ठोस कदम चाल्नुपर्ने भन्दै उनले दूरावस्था सडकको मर्मत गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग