काठमाडौ । काभ्रे जिल्लाका करीब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ ।
गत वैशाख पहिलो हप्ता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको रोग संक्रमण हालसम्म काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा. कार्कीले बताए ।
उनका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैंसीमा लाग्ने लम्पी स्किन रोग करीब २ महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा संक्रमण देखिएको तथ्यांक प्राप्त भएको छ ।
रोगको संक्रमणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन् । उनले रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५ गाई तथा ३५ हजार संक्रमित पशुमध्ये करीब २ हजार भैंसी संक्रमित रहेको तर भैंसी नमरेको जानकारी दिए ।
उनका अनुसार पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा संक्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा रोग देखिन थालेको छ ।
जिल्लामा देखिएको रोगका कारण ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा ६ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनायो । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको संक्रमण बढेको हो ।
जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई ३०० डोजका दरले खोप पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान शुरु हुँदै
चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे
सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा