सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन तर, यहाँ जेपनि गर्छन् : चित्रबहादुर केसी

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, २० : ३५
सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन तर, यहाँ जेपनि गर्छन् : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन । आईतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए। उनले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए । उनले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए । उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको बताए ।

उनले भने, ‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन । तर नेपालमा जे पनि गर्न मिल्छ । बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन । यो समय बिताउने मात्रै हो । नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन् । खर्च कटौति गरी रुपैयाँ कायम गर्नेकुरा बेकारको कुरा हो । यिनीहरुले संसदीय पद्धतिका कुरा गर्ने जनतालाई उल्लु बनाउनुबाहेक केही होइन । मुख्य कुरा दाउपेच र कसलाई छक्याएर सत्ताको रस्वासदन गर्नुपर्छ भनेर नाटक गरिरहेका छन् । बजेटमा भेदभाव छ । अन्याय छ । बजेट पास हुन कठिन छ ।’

अध्यक्ष केसीले बजेटमा भेदभाव र अन्याय गरिएको बताए ।
 

प्रतिक्रिया दिनुहोस