काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई प्रहरीले पक्राउ गरको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ