उदयपुर ।उदयपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ८ केवरपानीका ४७ वर्षीय टेकमान मोक्तान (तामाङ) रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो।
टेकमानले ती बालिकालाई बुधवार दिउँसो उदयपुरगढी ८ केवरपानी गडेरेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ