दाङ । लुम्बिनी प्रदेशसभाको बैठक १३ गते बस्ने भएको छ।
दोस्रो अधिवेशनको १२ औँ बैठक आइतबार दिउँसो १ बजे बस्ने सूचना सार्वजनिक गरिएको थियो। तर आज आह्वान गरिएको बैठक स्थगित गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रदेश सभामा प्रस्तुत भएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। तर असार १ गते आएको बजेटलाई लिएर सत्तापक्षका सांसदहरूले नै टिप्पणी गर्न थालेपछि बैठक ढकेलिएको बताइएको छ।
सत्ता गठबन्धनको सहमतिविपरीत बजेट आएको भन्दै विवाद बढ्ने देखिएको छ। प्रदेशसभाको बैठक असार १३ गते बुधबारका लागि सारिएको हो।
दिउँसो ३ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै