तनहुँ । जिल्लाको भानु नगरपालिका-९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन् । घाइतेको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते