नविल बैंकलाई झापाका दुई नगरपालिकाको पत्र: बैंक ग्यारेन्टी बापतको रकम उपलब्ध गराउनु

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १४ : ३७
नविल बैंकलाई झापाका दुई नगरपालिकाको पत्र: बैंक ग्यारेन्टी बापतको रकम उपलब्ध गराउनु

काठमाडौँ । झापाका दुई गाउँपालिकाले नबिल बैंकलाई बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन पत्र लेखका छन् । दमक नगरपालिका र उर्लाबारी नगरपालिकाले नबिल बैंकलाई संयुक्तरुपमा पत्र लेख्दै बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन भनेका हुन् । यी दुई नगरपालिकाको साझेदारीमा मावा खोलाको नदीजन्य पदार्थहरु संकलन, उत्खनन् र बिक्री गर्न एनआआरएन कक्रिट उद्योगले ठेक्का पाएको थियो । उक्त कम्पनीले ठेक्का लिँदा नबिल बैंकबाट बैंक ग्यारेन्टी ल्याएको थियो ।

 

ठेक्कापछि उत्खनन्कर्ता कम्पनीले सम्झौताअनुसार रकम बुझाएको छैन । सोहीकारण, कम्पनीले पेश गरेको नबिल बैंकको बैंक ग्यारेन्टीबापतको रकम पाउन जेठ २३ गते नै दाबी गरिएको थियो । तर, हालसम्म बैंकबाट नगरपालिकाको खातामा रकम जम्मा नभएको र छिटो उपलब्ध गराउन पालिकाले पत्र लेखेको हो । बैंकले ग्यारेन्टीबापतको रकम उपलब्ध नगराएमा दमक नगरपालिकावाट कुनै किसिमको कारोबार, सहकार्य नगरिने नगर्ने चेतावनी समेत दिइएको छ ।

यस्तै, बैकबाट जारी गरिने बिड बण्ड, बैक ग्यारेण्टी स्वीकार गर्न नसकिने, नगरपालिकाबाट आयोजना गरिने कुनै सामाजिक कार्यहरुमा सहभागिता नगराइने लगायतका चेतावनी समेत पालिकाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस