काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।
उसो त यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको पहिलो कारोबार दिन असार ३ गते एकै दिन ५२.२५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमशः २.९४ अंक, २६.५६ अंक र १४.०५ अंकले नेप्से घट्यो । तर साताको अन्तिम कारोबार दिन बिहीबार भने ४.७५ अंकले बढेर नेप्सेले बिट मारेको छ ।
यो साता सेयर बजारले केहीँ लय समातेसँगै मार्केट क्यापिटलाइजेशन समेत बढेको छ । यो सातामा २४ अर्ब २३ करोड १० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ पुगेको हो । अघिल्लो साता मार्केट क्यापिटलाइजेशन २९ खर्ब ८६ अर्ब १९ करोड ५० लाख रुपैयाँमा अडिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार