काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरु मिलेर संयुक्त सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधान र कानुनलाई आवश्यक सुधार,शान्ति प्रक्रियाका बाँकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन र जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्नका लागि भएपनि प्रमुख दलहरु मिल्नुपर्ने भट्टराईको भनाई छ ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्-झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन!विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा ,भूराजनीतिको निरन्तर दृश्य अदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरण र भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ! यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रक्रियाका बाँकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ’।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई