काठमाडाै । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने १९ वर्षीय गगन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीकाे दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत राज्य बिहार जिल्ला अररिया पिपरा पञ्चायत-६ बिसनपुर टोल बस्ने २२ वर्षीय दिपेश यादव र भारत राज्य बिहार जिल्ला अररिया मझवा पश्चिम पञ्चायत-३ ईन्द्रपुर रानीगन्ज टोल बस्ने २० वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरी पोष्ट दुहबीबाट खटिएको प्रहरीले को.१ ख ७८७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २४ वर्षीय हेम सिंह साउदलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी-४ बस्ने १७ वर्षीय किशोर र बारा ईटयाही गाउँपालिका-१२ बस्ने १४ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माइक्रोबसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ