काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ ।
आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेवाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।
ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित