काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन ।
बुधबार सिंहदरबारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षेतीको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताए । मन्त्री ज्वालाले बाढी पहिरोको कारण क्षती भएको सडक, पुल क्षती भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताए । उनले बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने बताए। मन्त्री ज्वालाले जनप्रतिनिधिहरुसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँने तयारी रहेको बताए ।
मन्त्री ज्वालाले बाढी पहिरोले अहिलेसम्म सडक पुलहरुमा बढी क्षती गरेको भन्दै हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको बताए । उनले हेवाखोलमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न माग
बजेटमा मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली छ: प्रकाश ज्वाला
सरकार यातायात व्यवसायीको सिण्डिकेटसामू झुक्यो : प्रकाश ज्वाला
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्नुपर्छ: प्रकाश ज्वाला
राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला