झापा । लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ ठेगाना भएका ३० वर्षीय सतारे भन्ने रन्जित खड्गीलाई पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले सुनसरी धरान उपमहानगरपालिका-७ बाट फेला पारी पक्राउ गरेको हो ।
उनलई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ