कांग्रेस र एमालेको समीकरणमा सरकार बनाउन सहज छैन : माधव सापकोटा

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १९ : ५०
कांग्रेस र एमालेको समीकरणमा सरकार बनाउन सहज छैन : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले र कांग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गरेका हुन । सांसद सापकोटाले अहिले नै एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए । उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए । उनले समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित भएको बताए ।

सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताए ।

प्रतिक्रिया दिनुहोस