काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धुनीबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । ललितपुरकाे ललितपुर महानगरपालिका-१५ बोधिग्रामबाट अवैध लागूऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फुलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेस जस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया शान्ति रानामगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकाे, दमक नगरपालिका-८ डाँफे चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-४ बस्ने ३६ वर्षीय टेकेन्द्र कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।कपिलवस्तु, बाणगंगा नगरपालिका-४ सिद्रिपुर बस्ने ४५ वर्षीय दान बहादुर मल्ललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-२ बस्ने २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका-३ बस्ने २४ वर्षीय मुकेश कुँवर रहेका छन् ।सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट सु.प.प्र.०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कैलाली, टिकापुर नगरपालिका-६ बेलुवास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २९ वर्षीय बिशाल ज्ञवाली र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, लौरी नगरपालिका-४ लक्ष्मीस्विट चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने १८/१८ वर्षीय दुई जना किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरुप नगरपालिका-७ बालुवा टोल बस्ने ४० वर्षीय उमेश साहलाई अवैध लागूऔषध गाँजा जस्तो पदार्थ १६ किलो ९ सय ३० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
गाँजासहित विमानस्थलबाट एक जना पक्राउ
सर्लाहीमा नक्कली नोटसहित दुई युवक पक्राउ
पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर पक्राउ