काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेल रहेका छन् ।
उनीहरूलाई आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।प्रवक्ता दाहालका अनुसार निर्माण भइरहेको सडकको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ