काठमाडौं ।काठमाडौंको कलंकीबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका १४ कलंकीस्थित कान्छीमाया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापाका ४० वर्षीय ओमनाथ गिरीसहित ६ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट १ लाख ९ सय रूपैयाँ नगद र ६ बुक ताससमेत बरामद भएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ