काठमाडौं ।काठमाडौंको कलंकीबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका १४ कलंकीस्थित कान्छीमाया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापाका ४० वर्षीय ओमनाथ गिरीसहित ६ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट १ लाख ९ सय रूपैयाँ नगद र ६ बुक ताससमेत बरामद भएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ