काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो।राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा कुल १० अर्ब रुपैयाँ निष्काशन हुने भएको छ ।
बैंक तथा वित्तीय संस्था, गैर– बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले सो ऋणपत्र खरिद गर्ने सक्ने राष्ट्र बैंकले जनाएको छ । सो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने भएको छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखि बाँडफाँड गरिने रकमसम्ममा कायम कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात