काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारको तुलनामा सुनचाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । हिजो सोमबार सुनको भाउ स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?