स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, २१ : ३३
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए ।

उनले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिए। “राजदूत छिट्टै बेलायत फर्किंदै हुनहुन्छ । यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल ग¥र्यौ”, मन्त्री बस्नेतले भने, “बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा बिर्टिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।”

 

प्रतिक्रिया दिनुहोस